एजेन्सी – भारतमा नरेन्द्र मोदी सरकारले सोमबार एक्कासी जम्मू-कश्मीर प्रदेशलाई विशेष अधिकार दिइएको संविधानको धारा ३७० खारेज गरेर विश्वलाई ‘सरप्राइज’ दियो । तर, मोदी सरकारको कश्मीरमाथिको निर्णय जसरी एक्कासी आयो, यसको योजना पनि त्यसरी नै एक्कासी बनेको होइन । मोदीले वर्षाैंदेखि भित्रभित्रै यसको योजना बुनेका थिए ।


ADVERTISEMENT


मोदीको ‘मिशन कश्मीर’ यती गोप्य थियो कि यसको छनक कसैलाई दिइएको थिएन । यहाँसम्म कि संघीय सरकारका कतिपय मन्त्रीलाई नै यसको बारेमा केही अत्तोपत्तो थिएन । मोदीले कश्मीर योजना पहिलो कार्यकालमै थालेका थिए ।


ADVERTISEMENT

# # #


मोदीले धारा ३७० खारेज गर्नका लागि गत फेब्रुअरीमै विधेयक ल्याउने योजना बनाएका थिए । त्यसका लागि तत्कालीन गृहमन्त्री राजनाथ सिंहसंग छलफल गरेर कानुनी र राजनीतिक खाका समेत तयार पारेका थिए । तर, त्यतीबेला नै पलुवामा हमला भएपछि तत्कालका लागि त्यो कदम स्थगित भएको थियो । तर, दोस्रो कार्यकालको सुरुदेखि नै उनी यही ‘मिशन’लाई सफल पार्न सक्रिय भएर लागेका थिए ।

को थिए मोदीको टिममा ?

कश्मीरमाथि यति कठोर निर्णय लिनु मोदी सरकारका लागि त्यती सहज थिएन । उसका सामू चौतर्फी सुरक्षा योजना बनाएर यसलाई गोप्य राख्नु सबैभन्दा ठूलो चुनौति थियो । यही योजनालाई सफल पार्नका लागि प्रधानमन्त्री मोदी र गृहमन्त्री अमित शाहले एउटा विशेष टिम बनाएका थिए । को-को थिए त त्यो टिममा ?

अमित मिश्र (गृहमन्त्री)

भारतीय जनता पार्टीका अध्यक्ष समेत रहेका अमित शाह गृहमन्त्री बनेपछि मोदीले पुनः ‘कश्मीर मिशन’ ब्यूँताएका थिए । जसमा मोदीलाई गृहमन्त्री शाहले कठोर साथ दिए ।

अजीत डोभाल (राष्ट्रिय सुरक्षा प्रमुख)

राष्ट्रिय सुरक्षा सलाहकार अजीत डोभालले यस ‘मिशन’ सुरक्षाको लागि अचूक रणनीति बनाएका थिए । उनले कश्मीर गएर उच्च अधिकारीसंग भलफल गरेका थिए । जसुले गर्दा त्यहाँको सुरक्षा अवस्थाको बारेमा जानकारी मिल्यो र रणनीति बनाउन सहयोग मिल्यो । उनी अहिले पनि जम्मू कश्मीरमा रहेका छन् ।

राजीव गौबा (गृह सचिव)

गृह सचिव राजीव गौबा १९८२ ब्याचका झारखण्ड क्याडरका आईएएस अफिसर हुन् । गृह मन्त्रालयको सबैभन्दा वरिष्ठ अधिकारीको नाताले उनले गृहमन्त्री शाहका सारा योजनालाई कार्यान्वयन गर्ने जिम्मेवारी थियो । उनी सुरक्षाको विषयमा हुनेगरेको मन्त्रीस्तरीय बैठकमा पनि उनी हुने गरेका थिए ।

जनरल बिपिन रावत (आर्मी चीफ)

‘मिशन कश्मीर’को सम्पूर्ण सुरक्षाको जिम्मेवारी सेनाले लिएको थियो । कश्मीरमा नेतादेखि जनतासम्मलाई नियन्त्रण गर्ने जिम्मेवारी उनीमाथि थियो । जसमा उनी खरो उत्रिए ।