भीमदत्तनगर – सोमबार रातिदेखि भएको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव बढ्दै गइरहेको छ । वर्षाका कारण नेपाल–भारत आवागमन गर्ने बनबासा पुलमा भारतीय पक्षले चारपाङग्रे सवारी साधानलाई आज बिहानैदेखि आवातजावतमा रोक लगाएको गड्डाचौकीस्थित इलाका प्रहरी कार्यालयले जनाएको छ ।


ADVERTISEMENT


आज बिहानको मापनअनुसार उक्त नदीमा पानीको बहाव एक लाख १३ हजार क्युसेक पुगेको छ । पुलमा ठूला सवारीसाधन आवागमनमा रोक लगाइकाले यात्रुहरु अलपत्र परेका छन् ।


ADVERTISEMENT

# # #


पहाडी जिल्लामा वर्षा नरोकिए अझै नदीमा पानीको बहाव बढ्न सक्ने प्रहरीको भनाइ छ । त्यसैगरी लगातारको वर्षाका कारण भीमदत्तनगरपालिका–२, ४, ६ र १८ का केही घर डुबानमा परेको छ । बजार क्षेत्रमा पानीको निकास नहुँदा खहरे खोलाको पानी बस्तीमा पस्दा सब्जीमण्डी पुरै जलमग्न भएको स्थानीय व्यापारीको भनाइ थियो । रासस