धादिङ – प्रहरीले करिब २० तोला नक्कली सुनसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीले सोमबार साँझ बेनिघाट रोराङ गाउँपालिका–९ मझिमटारबाट ५ वटा टुक्रामा रहेको सुन जस्तो देखिने पहेंलो धातु करिब २० तोला सहित उनीहरुलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT


पक्राउ पर्नेहरुमा चितवन भरतपुर महानगरपालिका-२ क्षेत्रपुर बस्ने ३३ वर्षीय सन्तोष बस्नेत र नवलपरासी मध्यबिन्दु नगरपालिका(७ बस्ने ३५ वर्षीय गोकुलमान श्रेष्ठ रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट चितवनतर्फ जाँदै गरेको ना.५८ प ६५५३ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरुलाई उक्त परिमाणको धातु सहित फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार यस विषयमा थप अनुसन्धान भइरहेको छ ।