काठमाडौँ – कामना सेवा विकास बैंकले चितवनको नारायणगढ शाखा स्थानान्तरण गरेको छ । बैँकले यस पहिले सञ्चालन गर्दै आएको ठाउँ नजिकै शाखा स्थानान्तरण गरेको हो ।


ADVERTISEMENT


भरतपुर महानगरपालिका उप प्रमुख पार्वती शाहले उक्त शाखाको कारोबार शुभारम्भ गरेकी छन् । स्थानान्तरण भइ कारोबार शुभारम्भ समारोहमा बैंकका संचालक भिम प्रसाद तुलाचन, प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेत तथा क्षेत्रिय प्रमुख नारायणगढ सुरेन्द्र भण्डारी लगायत उपस्थित थिए ।


ADVERTISEMENT

# # #


बैंकले देशका विभिन्न भागहरुमा ९७ वटा शाखा तथा ४५ वटा एटीएम मार्फत ग्राहकहरुलाई आफनो सेवाहरु प्रदान गर्दै आएको छ ।