काठमाडौँ – भारतीय पूर्व विदेशमन्त्री सुष्मा स्वराजको मंगलबार निधन भयो । छातीमा समस्या आएपछि अस्पताल भर्ना गरिकी उनको उपचारका क्रममा हृदयघातका कारण निभधन भयो ।


ADVERTISEMENT


निधन हुनु तीन घण्टा अघि उनले एउटा ट्वीट गरेकी थिइन् । जसमा लेािएको थियो, ‘प्रधानमन्त्रीज्यू, तपाईंलाई अभिनन्दन । म आफ्नो जीवनमा यही दिन देख्न प्रतिक्षा गरिरहेकी थिए ।’ उक्त ट्वीट भारतीय सरकारको कश्मीर सम्बन्धी निर्णयसंग सम्बन्धित थियो ।


ADVERTISEMENT

# # #


मोदी सरकारले सोमबार मात्रै जम्मु–कश्मीरलाई संविधानको धारा ३७० ले दिएको विशेष अधिकार खारेज गर्ने तथा लद्याखलाई कश्मीरबाट अलग्याउने तथा जम्मू–कश्मीर र लद्याखलाई केन्द्र शासित प्रदेश बनाउने निर्णय गरेको थियो ।

सुष्माको निधनप्रति भारतीय प्रधानमन्त्री मोदीले दुःख व्यक्त गरेका छन् ।