काठमाडौँ – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) अन्तर्राष्टिय वरियतामा नेपाली राष्ट्रिय क्रिकेट टिम कप्तान पारस खड्काले छलाङ मारेका छन् । आईसीसीले मंगलबार सार्वजनिक गरेको नयाँ टी–२० वरियतामा पारस एकैपटक १२ स्थान माथि उक्लिँदै अलराउण्डरतर्फ २६ औँ स्थानमा आइपुगेका हुन् ।


ADVERTISEMENT


आइसीसीद्वारा मंगलबार सार्वजनिक वरियतामा पारस न्यूजिल्याण्डका मिचेल स्नाटरपछि २६ औँ स्थानमा रहेका छन् । यसअघि पारस ३८ औँ स्थानमा रहेका थिए । ९० अंक पाएका कप्तान पारसले भारतका सुरेस रैना, अफगानिस्तानका राशिद खान, न्यूजिल्याण्डका कोलिन डी ग्रान्डीहोमलाई समेत पछि पारेका छन् ।


ADVERTISEMENT

# # #


कप्तान पारसले ब्याटिङतर्फ भारतका महेन्द्र सिंह धोनी र वेष्ट इण्डिजका क्रिस गेललाई समेत पछि पारेका छन् । पारस २८ स्थान माथि उक्लिँदै ६६ औँ स्थानमा आइपुगेका छन् । यसअघि उनी पारस ९५ औंँ स्थानमा रहेका थिए । पारस भन्दा अघि पाकिस्तानका मोहम्मद हाफिज ६५ औँ स्थानमा छन् भने पारसभन्दा पछि धोनी धोनी ६६औँ स्थानमा रहेका छन् । यस्तै क्रिश गेल ७३ औँ स्थानमा छन् ।

यस्तै अलराउण्डरतर्फ नेपालका सोमपाल कामी ६७ औँ स्थानमा यथावत रहेका छन् । ४९ अंक पाएका उनी ओमानका खाबर अलीभन्दा पछि छन् । बलिङको वरीयतामा सोमपाल ९ स्थान तल झरेका छन् भने वसन्त रेग्मी ३ स्थान तल झरेका छन् । वसन्त ७१ स्थानमा पुगेका छन् भने सोमपाल ७८ स्थानमा झरेका छन् । यसअघि वसन्त ६८ र सोमपाल ६९ औँ स्थानमा रहेका थिए ।

टी-२० वरितामा नेपाल ११ औँ स्थानमा यथावत रहेको छ ।