काठमाडौँ – नेपाली कथानक चलचित्र ‘काँचुली’ शुक्रबारदेखि प्रर्दशनमा आउने भएको छ । जीवनको एक यथार्थ लाई समेटेर तयार गरिएको चलचित्रलाई शंकर अधिकारी ‘घायल’ले निर्देशन गरेका हुन् ।


ADVERTISEMENT


बिजि बर्मा फिल्मसको ब्यानरमा कला राई को प्रस्तुतीमा निमार्ण भएको फिल्ममा लेखन पनि शंकर अधिकारी ‘घायल’कै रहेको छ । फिल्ममा शुभेच्छा थापा, राजन महर्जन, रबिन श्री, सुबास गजुरेल, शर्मिला शर्मा लगायतको अभिनय रहेको छ । यस्तै दिप कुलुङ, राजन श्रेष्ठ, अस्मि थापा, अन्जना ज्योती र गोबिन्द लामा यसै फिल्ममार्फत डेब्यू गर्दैछन् ।


ADVERTISEMENT

# # #


फिल्मलाई सुशील डाँगीले खिचेका छन् भने देव महर्जनले द्वन्द, राजन महर्जन र दिलिप राईको नृत्य निर्देशन गरेका छन् । चलचित्रमा फिल्ममा राजु लामा, राजेन्द्र बजगाईको, शंकर अधिकारी घायलको संगीत रहेको छ भने सपना श्री, नित्याशिवा, राजेन्द्र बजगाई, शम्भु रैकाले गीतमा स्वर भरेका छन् ।