एजेन्सी – भारतसंगको व्यापारिक सम्बन्ध तोड्ने पाकिस्तानको निर्णय पुनर्विचार गर्न भारले अपील गरेको छ । भारतले पाकिस्तानलाई उक्त निर्णय सही नभएकाले पुनर्विचार गर्न अपील गरेको हो ।


ADVERTISEMENT


प्रधानमन्त्री इमरान खानको अध्यक्षतामा बुधवार बसेको पाकिस्तानी राष्ट्रिय सुरक्षा समितिको बैठकले भारतसँगको द्विपक्षीय व्यापारिक सम्बन्ध तोड्ने घोषणा गरेको थियो । पाकिस्तानले भारतीय संविधानको धारा ३७० ले जम्मू कश्मीरलाई दिएको विशेष अधिकार खारेज गर्ने मोदी सरकारको निर्णयप्रति असन्तुष्टि जनाउँदै उक्त निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


पाकिस्तानको निर्णयप्रति बिहीबार प्रतिक्रिया दिँदै भारतीय विदेशी मन्त्री एस जयशंकरले असन्तुष्टि जनाएका छन् । उनले भने, ‘पाकिस्तानले लिएको उक्त निर्णयप्रति भारत सरकार खेद प्रकट गर्दछ । हामी पककिस्तानसंग उक्त निर्णय पुनर्विचार गर्न अपील गर्दछाँ ।’

जम्मू कश्मीरमा भारतले त्यहाँको विकासका लागि उक्त निर्णय गरेको बताएको छ ।