काठमाडौँ – प्रतिनिधिसभामा उर्जा मन्त्री वर्षमान पुन बोल्दाबोल्दै बत्ति गएको छ ।


ADVERTISEMENT


बिहीबार शून्य समयमा सांसदहरुले उर्जा मन्त्रालयसंग सम्बन्धित प्रश्न सोधेका थिए । त्यसपछि सभामुख महराले उर्जा मन्त्री पुनलाई सार्वजनिक महत्वका विषयमा बोल्नका लागि अनुमति दिए ।


ADVERTISEMENT

# # #


मन्त्री पुन रोष्ट्रममा आएर बोल्न सुरु गरे । उनले विद्युत सप्लाई भन्ने वित्तिकै संसदको बिजुलीको लाइन काटियो । उनले ‘सम्मानीय सभामुख महोदय, सम्मानित संसदमा माननीय सदस्यले विभिन्न समयमा उठाउनु भएका विभिन्न जिल्लाका बाढी, डुबान, पहिरो त्यसैगरी विद्युत सप्लाई सम्बन्धि’ भन्दाभन्दै बत्ति गयो । करिब १५ सेकेण्ड संसद अध्यारो भयो ।

मन्त्री रोष्ट्रममै थिए, संसादले टेबल ढ्पापढ्याप गरिरहे । बत्ति आएपछि मन्त्री पुनले धन्यवाद दिएर पुनः बोल्न सुरु गरे । त्यसपछि मन्त्री पुनलाई प्रश्न सोध्दा कांग्रेस सांसद दिलेन्द्रप्रसाद बडुले भने ‘माननीय ऊर्जामन्त्रीले बोल्दै गर्दा बत्ती निभ्नुले देशको विद्युत आपूर्ति अवस्था के छ भन्ने देखाउँछ ।’

केही दिनअघिको संसद बैठकमा जुम्लाका सांसद गजेन्द्र महतले जुम्लामा बिजुली अवरुद्ध भएको जानकारी गराउन पटक पटक प्रयास गर्दा पनि मन्त्री पुन र विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बेवास्ता गरेको आरोप लगाएका थिए ।