काठमाडौँ – शाओमी, ग्लोबल टेक्नोलोजी लिडरले आज पूर्वानुमानित तथा प्रतीक्षित रेडमी सब–ब्राण्ड अन्तर्गतको पहिलो फ्ल्यागसिप सिरिजको रुपमा रेडमी के–२० सिरिजको स्मार्टफोन– रेडमी के–२० र रेडमी के–२० प्रो नेपाली बजारमा ल्याएको छ ।


ADVERTISEMENT


रेडमी के–२० र रेडमी के–२० प्रो ले फ्ल्यागसिपको प्रतिज्ञा गर्दै दुवै उपकरणमा प्रयोगकर्तालाई उत्कृष्ट अनुभव प्रदान गर्ने आधुनिक प्रविधि ल्याएको छ । दुवै रेडमी के–२० र रेडमी के–२० प्रो मा चारैतिर न्यूनतम बेजेल भएको १६.२ सीएम (६.३९) १९.५ः९ पूर्ण एचडी प्लस एमोलिड होरिजन डिस्प्ले रहेको छ ।


ADVERTISEMENT

# # #


२० एमपी पप–अप सेल्फी क्यामेरासँगै, रेडमी के२० सिरिजमा स्क्रीन देखि बडीको अनुपात अविश्वसनीय रुपमा ९१.९ प्रतिशत रहेको छ । जुन यस इन्डस्ट्रीकै उच्च हो । होरिजन एमोलिड डिस्प्लेमा ७औं जेनेरेशनको इन–डिस्प्ले स्क्यानर रहेको छ र कव्र्ड कर्निंग गोरिला ग्लास ५ ले दुवै फोनलाई सुरक्षित बनाएको छ ।

रेडमी के२० सिरिजमा सुन्दर औरा प्राइम शैलीको प्रयोग गरिएको छ, जसले एकै समयमा कार्यक्षमता कायम राख्दै यसलाई असाधारण रुपले सुन्दर बनाएको छ । उद्योगमै पहिलो पटक रेडमी के२० ले फायर एण्ड आईसबाट प्रेरित भएर ग्लेशियर ब्लू, फ्लेम रेड र कार्बन ब्लाक कलर भेरियन्टमा फोनहरु उपलब्ध गराएको छ ।

एस्थेटिक्स डिपार्टमेन्ट एलईडी नोटीफिकेसन पल्सेट गरेर पूर्ण हुन्छ जुन पप–अप क्यामेरा संयन्त्रको (कम्तिमा ३ लाख पटक काम गर्न परिक्षण गरिएको) शिर्षमा क्यामेरा मोड्यूलको वरपर स्टाइलिस हलो रिंगका साथ रहेको छ ।

रेडमी के२० सिरिजमा ४८ एमपी मुख्य क्यामेरा, ८ एमपी टेलिफोटो र १३ एमपी चौंडा कोणहरु सहित एआई ट्रिपल क्यामेरा रहेको छ ।

यो फोनमा ४००० एमएएच ब्याट्री रहेको छ, र निरन्तर प्रयोगको बावजुत पनि यसको ब्याट्री दुई दिनसम्म आनन्दले टिक्छ । दुवै फोनमा टाईप–सी पोर्ट, ३।५ एमएम हेडफोन ज्याक र फास्ट–चार्ज सपोर्ट रहेको छ ।

रेडमी के२० प्रो अगष्ट ११ तारिकबाट तीनवटा रंग – फ्लेम रेड, ग्लेसियर ब्लू र कार्बन ब्लाक कलरमा नेपालका सम्पूर्ण अफलाइन च्यानल र डराज डट कममा उपलब्ध रहेको छ । ८ जीबी प्लस २५६ जीबी भेरियन्ट रु ४९ हजार ९९९ मा उपलब्ध हुनेछ । यस्तै रेडमी के२० रु ३९ हजार ९९९ मा ६ जीबी प्लस १२८ जीबी भेरियन्टमा उपलब्ध रहेको छ ।