काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई सरकारी जग्गामा रहेको धुम्बाराहीस्थित पार्टी कार्यालय तत्काल छाड्न आग्रह गरेको छ।


ADVERTISEMENT


बिहीबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता विश्वप्रकाश शर्माले सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियम नेकपाले पालना नगरेको बताएका हुन् । उनले नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउन आग्रह गरे ।


ADVERTISEMENT

# # #


“सत्तारुढ नेकपाको केन्द्रीय कार्यालय नियम र नैतिकता विपरीत सरकारी जग्गामा रहेको समाचारले नेपाली कांग्रेसलाई अचम्भित र दुःखीत तुल्याएको छ,” उनले भने, “सरकारी जग्गाको भोगचलनसँग सम्बन्धित निति नियमको पालनामा स्वयं सत्तारुढ दलले गम्भीरता राख्दैन भने अरुका लागि उपदेशको नैतिकता कारुणिक बन्न पुग्दछ । हामी आशा गर्छौ यस्तो गम्भीर गल्तीप्रति क्षमायाचना गर्दै नेकपाले तत्काल सरकारी जग्गाबाट बाहिरिएर नीति, नियम र नैतिकतालाई थप लज्जित बन्नबाट जोगाउने छ ।”

आफ्नो दललाई हेर्ने सत्तारुढ नेकपाको दृष्टिकोण देखेर दया लागेको टिप्पणी गरेका छन् ।

नेकपाको प्रतिवेदनबारे पार्टीको जारी बैठकबाट थप धारणा आउने बताए । ‘अहिलेलाई केवल यति टिप्पणी त्यो दस्तावेजमा कांग्रेसबारे इमान्दार दृष्टि होइन बरु दृष्टिदोष प्रस्तुत छ ।’ उनले भने, ‘दृष्टि उपर दृष्टिकोण व्यक्त गर्न मिल्छ दृष्टिदोष माथि केवल दया मात्र । म विनम्र ढंगले दया व्यक्त गर्न चाहन्छु । ’

कांग्रेसले स्थापनाकाल देखि नै लोकतन्त्र, संसदीय प्रणाली, समावेशीता, स्वतन्त्र प्रेस, निष्पक्ष न्यायालय, निजी सम्पत्ति र व्यक्तिगत स्वतन्त्रता आदिको स्थापना र सम्वद्र्धनका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएको उनले बताए । बल प्रयोगबाट सत्ता हासिल गर्ने र सर्वहाराको अधिनायकवाद स्थापना गर्ने सपना देखेका कम्युनिष्ट पार्टीहरुलाई पनि यही मान्यता र मार्गमा प्रेरित गराउन कांग्रेस लागिरहेको उनले बताए ।