काठमाडौँ – आगामी सेप्टेम्बरमा श्रीलंकामा हुने एसिसी ‍यू–१९ एशिया कपका लागि नेपाली टोलीले प्रशिक्षण सुरु गरेको छ । बन्द प्रशिक्षणका लागि एशियन क्रिकेट काउन्सिल (एसीसी)को स्वीकृति नदिएकाले नेपाली टिमले अनौपचारिक रुपमा प्रशिक्षण सुरु गरेको हो ।


ADVERTISEMENT


नेपाल क्रिकेट संघ अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी) को निलम्बनमा रहेकाले राष्ट्रिय टिमको सम्पूर्ण निर्णयदेखि व्यवस्थापनसम्मका कुराहरु आइसीसीले गर्दै आएको छ । तर, यू १९ भने एसीसीले हेर्दै आएको छ ।


ADVERTISEMENT

# # #


यू १९ टिमका प्रशिक्षक विनाद दासले काठमाडौँ भएका १७ खेलाडीलाई समेटेर कीर्तिपुरस्थित त्रिवि मैदानमा अनौपचारिक प्रशिक्षण शुरु गरेका हुन् । तर, औपचारिक बन्द प्रशिक्षण भने साउन २७ गतेदेखि मात्र शुरु हुनेछ । एसिसीले साउन २७ गतेदेखि मात्र नेपाली टोलीको औपचारिक प्रशिक्षण शुरु गर्ने स्वीकृति दिएकाले सोही समयमा औपचारिक बन्द प्रशिक्षण सुरु गर्ने प्रशिक्षक दासले बताए ।

यसअघि इस्टर्न रिजनको बेला बोलाइएका २४ जनालाई नै विशेष प्रशिक्षणमा राखिनेछ । गत असारमा मलेसियामा सम्पन्न इस्टर्नन रिजन प्रतियोगिताको फाइनलमा हङकङलाई ६ विकेटले पराजित गर्दै एशिया कपकोका लागि छनोट भएको थियो ।

आगामी भदौ २० देखि २८ गतेसम्म आयोजना एसिसी यू–१९ एशिया कपमा एशियाका पाँचवटा टेस्ट राष्ट्रसहित आठ टोली सहभागी हुनेछन् । जसमा नेपाल, भारत, पाकिस्तान श्रीलङ्का, बङ्गलादेश, अफगानिस्तान, संयुक्त अरब इमिरेट्स (यूएइ) र कुवेतले प्रतिस्पर्धा गर्नेछन्।