काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको नयाँ पार्किङ एरियाबाट अवैध रुपमा भन्सार छलि संकलन गरी लैजान लागेको १ सय ५० ग्रामको ३ थान सुनको बालासहित एक पक्राउ परेका छन् ।


ADVERTISEMENT


काठमाडौंको चक्रपथ बस्ने रामेछाप दोरम्बा गाउँपालिका–४का भुपेन्द्र मगरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । बाहिरी मुलुकबाट काठमाडौं आएका यात्रुहरुबाट करिब ९ लाख रुपैयाँ मूल्य बराबरको उक्त परिमाणको सुन संकलन गरी लैजान लागेको अवस्थामा फेला पारी उनलाई पक्राउ गरिएको अन्तर्राष्ट्रिय बिमानस्थल सुरक्षा कार्यालय गौचरले जनाएको छ ।


ADVERTISEMENT

# # #


मगरलाई बरामद सुन सहित आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय गौचर पठाइएको छ ।