कपिलवस्तु– ग्रामीण क्षेत्रको रुपमा रहेको कपिलवस्तुको पश्चिमी क्षेत्रस्थित शिवराज नगरपालिकाको मुख्य शहर चन्द्रौटा बजारबासीका लागि अझैसम्म पनि सफा खानेपानीको व्यवस्था हुन सकेको छैन ।


ADVERTISEMENT


नगरपालिकाभित्रका ११ वटा वडामा शुद्ध खानेपानीको व्यवस्था नहुँदा यहाँका जनताले अर्सेनिकयुक्त पानी पिउन बाध्य हुँदापनि नगरपालिकाले खानेपानीको लागि कुनै पहल नगरेको स्थानीयबासी मोहम्मद खाँनले गुनासो गरे।


ADVERTISEMENT

# # #


खानेपानी संस्थानको शाखा कार्यालयले चन्द्रौटामा कहिलेकाँही सफा पानी वितरण गरेपनि प्राय आर्सेनिकयुक्त पानी वितरण गरेको स्थानीयवासी रामविलास थारुले बताए ।

नगर प्रमुख नेत्रराज अधिकारिले अब नगरवासीका लागि शुद्ध खानेपानी पिलाउन पहल भइसकेको जानकारी दिए ।

नयाँ योजना ठेकेदारले समयमै पूरा गर्न नसकेको र पुराना पाइपमा फोहोर जम्मा भएका कारण यस्तो समस्या स्थानीयवासीले भोग्नु परेको खानेपानी उपभोक्ता समितिका अध्यक्ष तौफिक खाँनले बताए ।