काठमाडौं – ओमानमा हुने पाँच देशको टी–२ , अन्तर्राष्ट्रिय क्रिकेट सिरिजमा नेपाल खेल्ने पक्का भएको छ । सिरिजमा नेपालको पहिलो खेल हङकङसँग परेको छ ।


ADVERTISEMENT


टी–२० विश्वकपको ग्लोबल छनोटलाई मध्यनजर गर्दै ओमानले अक्टोबरमा सिरिज आयोजना गर्दैछ । सिरिजमा आयोजक ओमानसँगै नेपाल, आयरल्यान्ड, नेदरल्यान्ड र हङकङको सहभागिता रहनेछ ।


ADVERTISEMENT

# # #


शुक्रबार सार्वजनिक खेल तालिकाअनुसार नेपालले पहिलो खेल अक्टोबर ६ मा हङकङसँग खेल्नेछ ।

भोलिपल्ट नेदरल्याण्ड्ससँग खेल छ । ९ अक्टोबरमा आयरल्यान्ड र १० तारिखमा ओमानसँग खेल हुनेछ ।