काठमाडौ। जिल्ला मोरङ सुन्दरहरैचा नपा ९ बाट जय प्रसाद सिटौलाको घरमा पार्किङ गरि राखेको दुई वटा मोटरसाईकल मध्ये १६० सिसिको मोटरसाईकलमा सेन्सर जडान गरेकोले सो मोटरसाईकल छोडी सेन्सर जडान नभएको हिरो कम्पनीको एचिभर १५० सिसि को कालो रङ्गको को ३४ प ३८६७ नम्बरको मोटरसाईकलको लक तोडेर चोरी गरी सुनसरी जिल्लाको रामधुनी नपा ३ स्थित लायन्स चोक नजिकै झाडीमा को २७ प ४९५७ नम्बर प्लेटलाई अगाडिको ४ र पछाडिको ७ अंक रङ्गले पोतेर लुकाई छिपाई राखेको अवस्थामा फेला पारेकोले उक्त मोटरसाईकलको विवरण यातायात व्यवस्था कार्यालय कोशी सुनसरीबाट ल्याई सम्बन्धित धनी जय प्रसाद सिटौला  बुझाइएको   ईलाका प्रहरी कार्यालय सुनसरी पकलीका प्रहरी निरिक्षक जितेश दाहालले हिमालयपोण्ट लार्इृ जानकारी दिए।


ADVERTISEMENT