काठमाण्डौ। नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले लामो संघर्ष र बलिदानपछि प्राप्त उपलब्धिलाई कसैले उल्ट्याउन नसक्ने बताउनुभएको छ ।


ADVERTISEMENT


शनिबार काठमाण्डौमा आयोजित एकीकृत अखिल नेपाल शिक्षक उपत्यकास्तरीय संयुक्त जिल्ला परिषद्लाई सम्बोधन गर्दे अध्यक्ष दाहालले जनतामा आएको राजनीतिक सामाजिक जागरणसहितको परिर्वतनलाई कसैले उल्ट्याउन नसक्ने दावी गर्नुभएको हो ।


ADVERTISEMENT

# # #


परिवर्तन निरन्तर अगाडि बढिरहने र पछाडि फर्किन नसक्ने भन्दै उहाँले इतिहास उल्ट्याउन गरिने प्रयास र तिनका अगुवाहरु अन्ततः सबै फोहरको थुप्रोमा मिल्क्याइने बताउनुभयो ।

उहाँले भन्नुभयो, ‘जनतामा राजनीतिक सामाजिक जागरणसहित अगाडि बढेको विद्रोह र त्यसका उपलब्धिलाई कसैले उल्ट्याउन सकेको छैन । इतिहासको चक्का निरन्तर अगाडि बढ्छ । पछाडि धकेल्न चाहनेहरु इतिहासको रछ्यानमा मिल्क्याइने नै गरेका छन् । नेपाल त्यसको अपवादमा हुनै सक्दैन ।’

उहाँले प्रतिगमनको प्रभाव नेपाली राजनीतिमा पर्न नदिनका लागि नै कम्युनिष्ट एकता गरिएको स्पष्ट पार्नुभयो । उहाँले पुराना सोच , संरचना, मूल्य मान्यतालाई व्यवहारतः विस्थापित गरी नयाँ सोच, मूल्य मान्यता र संस्कृति अघि बढाउने चुनौती अहिले पनि कायम रहेकाले परिर्वतन पक्षधरहरुले नेतृत्वदायी भूमिका खेल्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

उहाँले मुलुकको समग्र शिक्षा प्रणालीलाई समाजवाद शिक्षा नीति अनुसार अघि बढाउनका लागि शिक्षकहरुको निकै ठूलो भूमिका रहेको भन्दै प्रभावकारी भूमिका निर्वाहका लागि आग्रह गर्नुभयो । कार्यक्रममा शिक्षा क्षेत्रमा योगदान पुर्याएका विभिन्न व्यक्तित्वलाई सम्मान गरिएको थियो ।