काठमाडौं । भारतीय कांग्रेसले अध्यक्ष राहुल गान्धीको राजीनामा स्वीकृत गरेको छ । अब राहुलकी आमा सोनिया गान्धी भारतीय कांग्रेसको अन्तरिम अध्यक्ष बनेकी छन् ।


ADVERTISEMENT


लोकसभा चुनाव २०१९ मा कांग्रेस पराजित भएपछि राहुलले नैतिकताको आधारमा पार्टीमा राजीनामा बुझाएका थिए । तर, तत्काल उनको राजीनामा स्वीकृत गरिएको थिएन ।


ADVERTISEMENT

# # #


शनिबार बसेको कांग्रेस कार्यसमितिको बैठकले राहुलको राजीनामा स्वीकृत गर्दै फेरि सोनियालाई नै अन्तरिम अध्यक्ष चुनेको कांग्रेस नेता गुलाम नबी आजादलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । सोनिया भारतीय कांग्रेसमा सबैभन्दा लामो समयसम्म अध्यक्ष बनेकी नेतृ हुन् । अर्को अध्यक्ष नचुनिएसम्म अब पार्टीको नेतृत्व सोनियाले नै गर्नेछिन् ।