काठमाडौं – पैदल हिँडिरहेका महिलाका सुनका सिक्री लुटेर फरार भएको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।


ADVERTISEMENT


पक्राउ पर्नेमा काठमाडौं टोखा नगरपालिका–२ सपनातिर्थ बस्ने वुढानिलकण्ठ चपली-७ का ३९ वर्षीय टमबहादुर सुनुवार, ललितपुर महानगरपालिका भैंसेपाटी बस्ने रामेछापका २४ वर्षीय टलकबहादुर रायमाझी र ललितपुर बालकुमारीस्थित सुन पसलमा काम गर्ने भारत पश्चिम वंगाल घर भएका ३५ वर्षीय देवासिस दोलही रहेका छन् ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार उनीहरुले विगत केही समयदेखि काठमाडौंका विभिन्न स्थानमा महिलाका घाँटीबाट सिक्रि तान्दै फरार हुने गरेका उनीहरुलाई शुक्रबार महानगरीय प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं बसुन्धरा तथा ललितपुरबाट पक्राउ गरेको हो ।

प्रहरीले पीडितबाट लुटिएका सिक्रीको बिक्रीबाट आएको २ लाख ५० हजार ५ सय रुपैयाँ, लुटपाटमा प्रयोग भएको बा २९ प ७२७६ नम्बरको मोटरसाइकल, सुनजस्तो देखिने सिक्री १ थान अभियुक्त टमबहादुरको कोठाबाट बरामद गरेको छ । यस्तै सुन जोख्न प्रयोग गरिने तौल मेशिन १ थान, मोवाईल ५ थान र लुटपाटमा प्रयोग गरिने कपडा तथा हेलमेटहरू समेत बरामद गरिएको छ ।

उनीहरूले १० जना भन्दा बढी महिलाहरूले घाँटीमा लगाएका सुनका सिक्रीहरू विभिन्न मितिमा लुटी विक्री गरेको प्रहरीले बताएको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका अुनसार पक्राउ परेकामध्ये टमबहादुर र टलकबहादुर विगतमा पनि यस्तै घटनामा ३ वर्ष जेल सजाय भुक्तान गरिसकेको व्यक्ति हुन् ।

साथै लुटपाट घटनामा संलग्न हुनसक्ने अन्य व्यक्ति तथा घटनाका सम्बन्धमा उक्त परिसरबाट थप अनुसन्धान भइरहेको छ ।