काठमाडौँ – जनता बैंकले ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’लाई रु. २ लाख सहयोग प्रदान गरेको छ ।


ADVERTISEMENT


रातो बंगला फाउण्डेसनले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसँगको सहकार्यमा आगामी भदौ ७ देखि ९ गते सम्म आयोजना गरिने ‘गुणस्तरीय शिक्षा सम्बन्धि दोस्रो अन्तराष्ट्रिय सम्मेलन’ मा देशको विभिन्न स्थानबाट आउने १० जना राष्ट्रिय वक्ताको लागि बैँकले प्रायोजन स्वरुप उक्त सहयोग प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्यले रातो बंगाला फाउण्डेसनको प्रोग्राम अफिसर स्मृति पोखरेललाई हस्तान्तरण गरे ।


ADVERTISEMENT

# # #


‘विद्यार्थी केन्द्रीत शिक्षामा प्रतिबद्धता’ मूल मर्म रहेको उक्त सम्मेलनमा पूर्व प्राथमिक शिक्षा, प्रयोगात्मक शिक्षा, नेतृत्वको भूमिका, शिक्षामा निजी क्षेत्र, शिक्षामा लगानी, दिगो विकासमा शिक्षा जस्ता विषयहरु समेत समेटिने छन् । राष्ट्रिय तथा अन्तराष्ट्रिय विज्ञहरुको सहभागिता रहने सम्मेलनमा पूर्व विद्यालय शिक्षा देखि विद्यालय तहसम्मको शिक्षामा ल्याउन सकिने सुधारका सम्बन्धमा शिक्षण विधि, अनुसन्धान, परिवर्तित विश्व अर्थ–राजनैतिक तथा विविध विषयमा छलफल हुनेछ ।

जनता बैंकले शिक्षा र स्वास्थ्यलाई प्राथमिकतामा राखि सामाजिक उत्तरदायित्वका कार्यहरु गर्दै आइरहेको छ ।