श्यामकुमार ठाकुर, सिरहा– मिर्चैया नगरपालिकामा रहेको डिप टुवेल आयोजना संचालन नहुँदा किसानहरु मर्कामा परेका छन् । मिर्चैया नपा ६ मा अवस्थित डिप टुवेल लामो समयदेखि बन्द रहेको भएपनि सम्बन्धित निकायले चासो नदिँदा किसानहरु थप समस्यामा परेका हुन्।


ADVERTISEMENT


बर्षा नभएकाले धान रोपाईका लागि डिप टुवेल संचालन गर्न पटक पटक आग्रह गरेपनि सम्बन्धित निकायले कुनै चासो नदिएको किसानहरुको गुनासो रहेको छ । आयोजनाले लामो समयदेखि बिद्युत महशुल नबुझाएकोले बिद्युत प्राधिकरणले लाइन काटेको त्यहाँका किसाानहरुले बताए । आफुहरुले रु. १५ प्रतियुनिटका दरले रकम आयोजनालाई बुझाएपनि आयोजनाले बिद्युत प्राधिरणमा नबुझाइदिँदा लाइन काटेकाले धान रोपाइर्को सिजनमा पानीबाट बन्चित भएको किसानहरुले दु:खेसो पोखे । यस आयोजनाले मिर्चेया बडा नं. ५, ६ र १० का कृषकहरु लाभान्वित भईरहेका थिए ।


ADVERTISEMENT

# # #


यता, डिप टुवेल आयोजना मिर्चैयाका अध्यक्ष धिरेन्द्र प्रसाद साह (ललन) ले बिद्युतको समस्या नरहेको भन्दै मेसिनको प्यानल बोर्डमा खराबी आएकोले भुमिसुधार कार्यालय डिभिजन नं. ११ लहानसंग समन्बय गरी ३ दिन भित्र संचालन गर्ने तयारी गरिएको बताए । बर्षमा ३ महिना मात्र संचालन हुने डिप टुवेलको मेसिनमा खराबी आएकोले समयमा पानी दिन नसकेको अध्यक्ष साहले स्वीकार गरे । अब छिटै मर्मत गरि संचालन गरिने समेत अध्यक्ष साहले दाबी गरे ।

नेपाल बिद्युत प्रािधिकरण मिर्चैया बितरण केन्द्रका ईन्जिनियर संजिब कर्णले भने डिप टुबेल मिर्चैयाले समयमा बिद्युत महशुल नबुझाएकोले लाइन काटेको बताउँछन् । डिप टुवेललाई बिद्युत महुशल जरिवाना समेत गरी रु. ७४ हजार ४ सय ४५ रुपैया ५० पैसा बुझाउन बाँकी रहेकोले करीब ६ महिनादेखि लाइन काटेको ईन्जिनियर कर्णले जानकारी दिए । आयोजनाले बिद्युत महशुल रु. ४ रुपैया ९० पैसा प्रतियुनिटका दरले बुझाउने गरेको छ ।