नवलपरासी– नवलपरासीको कावासोती नगरपालिका– १७ अमलटारी गाउँमा आज एउटा पोथी गैँंडा मृत अवस्थामा फेला परेको छ ।


ADVERTISEMENT


नारायणी नदी किनारमा वनभोजस्थलको झाडीमा सो पोथी गैँंडा मृत अवस्थामा फेला परेको हो । सर्वसाधारणले सो मृत गैँंडा देखेपछि प्रशासनलाई खबर गरेको सेक्टर वन कार्यालय कावासोतीका प्रमुख कृष्ण देवकोटाले जानकारी दिए ।


ADVERTISEMENT

# # #


गर्भिणी अवस्थाको गैँंडाको मलद्वारबाट आन्द्रा निस्किएको अवस्थामा फेला परेको देवकोटाले बताए । अन्दाजी १६ वर्षको गैँंडाको खाग र खुर सुरक्षित रहेकाले बच्चा पाउन नसकेर मरेको हुनसक्ने अनुमान गरिएको छ ।

परीक्षणका लागि सौराहबाट चिकित्सकको टोली अमलटारी आइपुगेको छ । गैँंडा मृतको कारण थाहा हुनसकेको छैन । यसबारे थप अनुसन्धान जारी रहेको जनाइएको छ ।