काठमाडौं – भारत र वेष्टइण्डिजबीच बुधबार भएको तेस्रो एकदिवसीय क्रिकेट क्रिस गेलको विदाई खेलमा रुपमा हेरिएको थियो । तर वेष्टइण्डिज स्टार ब्याट्सम्यानले अहिले नै सन्यास नलिने संकेत गरेका छन् ।


ADVERTISEMENT


गेलले स्पेसल ‘३०१’ जर्सीमा खेलेका थिए, जुन उनको एकदिवसीयको कुल संख्या हो । यो वेष्टइण्डिजका क्रिकेटरले खेलेको सबैभन्दा धेरै एकदिवसीय म्याच पनि हो ।


ADVERTISEMENT

# # #


गेलले ४१ बलमा ७२ रन बनाए । विराट कोहलीको हातबाट क्याच आउट भएपछि आफै्नै शैलीमा ब्याटमाथि हेलमेट राख्दै बाहिरिए । दर्शकहरुले पनि सम्मान दर्शाए ।

तर उनले यो आफ्नो विदाई खेल नभएको बताए । ‘मैैले कुनै सन्यास घोषणा गरेको छैन,’ वेष्टइण्डिज क्रिकेटले पोष्ट गरेको छोटो भिडियोमा उनले भनेका छन् ।

कप्तान जेसन होल्डरले पनि गेलले सन्यास लिएको जानकारी नभएको प्रतिक्रिया दिएका छन् ।