काठमाडौं– माटो ब्राण्डका अर्गानिक तरकारी काठमाडौं भित्रिएका छन् । गोल्यान समूहको उत्पादन ‘माटो ब्राण्ड’ आजबाट काठमाडौं भित्रिएको हो ।


ADVERTISEMENT


हरेक नेपालीको भान्सामा अर्गानिक तरकारी र फलफूल पुर्याउने उद्देश्यले झापाबाट सुरु भएको उत्पादनलाई केही समय झापामै बिक्री गरिएको र हाल काठमाडौं ल्याइएको गोल्यान समूहका अध्यक्ष पवनकुमार गोल्यानले बताए ।


ADVERTISEMENT

# # #


केही दिनमै पत्रकार सम्मेलन गरी आधिकारीक रुपमा माटो ब्राण्डबारे जानकारी गराउने अध्यक्ष गोल्यानले बताए । गोल्यान समूहकी निर्देशक लतिका गोल्यानका अनुसार झापामा उत्पादित अर्गानिक तरकारीहरु एक महिनादेखि झापामै बिक्री गरिएको थियो ।

‘झापामा जानकारीमूलक रंगिचंगि पोष्टर टासिएको टेम्पोमा तरकारी राखेर बिक्री गरियो र सर्वसाधारणको निकै राम्रो प्रतिक्रिया पनि आयो त्यसपछि काठमाडौं ल्याइयो ।’ निर्देशक गोल्यानले बताइन् ।

उनी भन्छिन् ‘हाल जनमानसमा अर्गानिक तरकारी प्रति चासो बढेको छ र अझ यसको माग काठमाडौंमा बढी भएकाले हामीले आजबाट विक्री थालेका छौं । काठमाडौंका विभिन्न सुपर मार्केटहरु जस्तोः भाटभटेनी, बिग मार्ट, सेल्सबेरिजलगायतका स्थानमा माटो ब्राण्डका तरकारी पाईन्छ । र यो तरकारी अन्य तरकारीकै मूल्यमा उपलब्ध छ । अर्गानिक तरकारी भन्ने वित्तिकै महंगो पर्छ भन्ने भान छ तर माटो ब्राण्डका तरकारी अन्य तरकारीकै मूल्यमा उपलब्ध छ ।’

हाल भाटभटेनी, सेल्सबेरिज, बिग मार्ट लगायतका स्थानमा मात्रै उपलब्ध माटो ब्राण्डका तरकारी केही समयमा अन्य स्थानमा पनि उपलब्ध हुने समूहले बताएको छ । साथै केही समयपछि काठमाडौं उपत्यका लगायत देशैभरी माटो ब्राण्डका तरकारी तथा फलफूल पुर्याउनेछ ।

अबको दुईमहिनापछि अर्गानिक तरकारी तथा फलफूल राखिएका रंगीचंगी टेम्पो काठमाडौंका बजारमा देख्न पाईने भएको छ । जहाँ सर्वसाधारणले सहजरुपमा अर्गानिक तरकारी तथा फलफूल खरिद गर्न सक्नेछन् ।
सामाजिक उत्तर दायित्वअन्तर्गत झापाका किसानलाई सहयोग गर्न थालनी गरेको गोल्यान समूहको अर्गानिक खेती व्यवसायिक रुपमा अगाडि बढेको छ ।

समूहले हाल तरकारी मात्र बजारमा ल्याएको र छिटैनै स्ट्रबेरी, कागती, आँप, मेवा, ड्रागन फूड, एभोकाडो, खुर्सानी, तरवुज, मोरिंगालगायत बजारमा ल्याउने तयारी गरेको छ । साथसाथै, भविष्यमा गोल्यान समूहले अर्गानिक उत्पादनलाई विदेश निर्यात गर्ने योजना पनि अगाडि सारेको छ ।