काठमाडौँ – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको छ। पटक-पटक स्थगित हुँदै आएको बैठक शुक्रबार बिहान ११ बजेपछि बालुवाटारमा बसेको हो।


ADVERTISEMENT


यसअघि बिहीबार डाकिएको बैठक प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएपछि औपचारिक रूपमा सुरू नै नभएर स्थगित भएको थियो।


ADVERTISEMENT

# # #


प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार आएपछि दिउँसो डाकिएको बैठक बिहानै बसेको हो। सचिवालय बैठक बस्नुअघि अहिले प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको थियो।

प्रधानमन्त्रीले शुक्रबार बिहान गृह जिल्ला झापाबाट आएका प्रतिनिधिहरूसँग पनि भेट्ने कार्यक्रम तय भएको छ।

पार्टी एकीकरण प्रक्रियाको बाँकी काम टुंगो लगाउने विषयमा नेकपा दुई अध्यक्ष निरन्तर छलफलमा भए पनि सहमति भने हुन सकिरहेको छैन।