पतञ्जली आयुर्वेद लिमिटेड भारतको सबैभन्दा फास्ट ग्रोइङ एफएमसिजी कम्पनी हो। एक वर्षमै आइटिसी, नेस्ले र टाटाजस्ता कम्पनीहरुलार्इ कडा टक्कर दिएको पतन्जलीले यो वर्ष दश हजार करोड भारु राजस्व तिरेको घोषणा गरेको थियो। यो गत वर्षको भन्दा दोब्बर राजस्व हो।


ADVERTISEMENT


भारतमा हिन्दुस्तान युनिलिभरपछि पतञ्जली दोस्रो ठूलो कम्पनीका रुपमा स्थापित भएको छ। अरु ठूला एफएमसीजी कम्पनीहरु जस्तै पतञ्जलीमा ठूलो क्षेत्रफलमा फैलिएको भवन र भब्य साम्राज्य त छ नै तर यस कम्पनीमा यस्ता धेरै कुराहरु अन्य बिजनेस हाउसभन्दा फरक छन्। वर्क कल्चरको मामिलामा पनि यो बाँकी अरु बिजनेस हाउसहरुभन्दा धेरै फरक छ।


ADVERTISEMENT

# # #


बाबा रामदेवको कम्पनीमा खुट्टा ढोग्ने परम्परा कायमै छ भन्दा अचम्म लाग्न सक्छ, तर अचम्म मान्नु पर्दैन बाबा रामदेव पतञ्जली क्याम्पसमा पुग्नेबित्तिकै कर्मचारीहरु सबै काम छोडेर लाइनमा बस्छन्। र पालैपालो रामदेवको खुट्टा ढोग्छन्।

बाबापछि दोस्रो नम्बरमा रहेका आचार्य बालकृष्णको पनि कर्मचारीहरुले खुट्टामै ढोग्छन्। कम्पनीको ९६ प्रतिशत शेयर बालकृष्णकै नाममा रहेको छ।

कम्पनीको मिटिङका बेला बाबा रामदेव अग्लो सिटमा बस्छन् भने सिइओ र अन्य कर्मचारीहरु सबैजना भुर्इंमा बस्छन्। यसलार्इ पतञ्जली साम्राज्यमा कायम गुरु शिष्य परम्पराको रुपमा मानिन्छ।

पतन्जलीका कुन उत्पादनको कसरी ब्रान्डिङ गर्ने र कुन कुन योजना ल्याउने भन्ने निर्णय सबै रामदेवले नै गर्छन्। यसका लागि उनी कुनै डेटा विश्लेषण गर्दैनन्। उनले अहिलेसम्म आफ्नो अनुमानका भरमा नै सबै निर्णय गर्ने गरेका छन्। कम्पनीमा बनेको कुनै पनि उत्पादनहरु फाइनल गर्नुअघि उनी पहिले आफैंले त्यसको प्रयोग गर्ने गरेका छन्।

– दि इकोनोमिक टाइम्स