काठमाडौँ – आत्महत्या गरेका पत्रकार सालिकराम पुडासैनीकी श्रीमतीले जनतासँग सिधा कुरा कार्यक्रमका सञ्चालक रवि लामिछाने, युवराज कँडेल र अस्मिता कार्कीविरूद्ध किटानी जाहेरी दिएकी छिन्।


ADVERTISEMENT


आइतबार महानगरीय प्रहरी परिसर काठमाडौंमा उनले आत्महत्या दुरुत्साहनमा तीनै जनाविरूद्ध हदैसम्मको कारबाही माग्दै जाहेरी दिएकी हुन्।


ADVERTISEMENT

# # #


उनको जाहेरी रुजु गरेर जिल्ला प्रहरी कार्यालय चितवन पठाउने तयारी भइरहेको महानगरीय प्रहरी परिसरले जनाएको छ। तेह्र दिनको काजकिरिया सकिएपछि उनी आइतबार जाहेरी दिन परिसरमा पुगेकी थिइन्।

लामिछानेसहित तीनै जनाविरूद्ध अहिले जिल्ला प्रहरी कार्यालय चितवनमा आत्महत्या दुरुत्साहनमा अनुसन्धान चलिरहेको छ।