काठमाडौं – यस वर्ष (२०७५)को मदन पुरस्कार योगेश राजको उपन्रयास ‘रणहार’ ले जितेको छ ।


ADVERTISEMENT


मदन पुरस्कार गुठीको आइतबार बसेको साधारणसभाले रणहारलाई मदन पुरस्कार दिने निर्णय गरेको हो ।


ADVERTISEMENT

# # #


मदन पुरस्कार गुठीको ‘श्रेष्ठ सूची’ तयार गर्न गठित समितिले मदन पुिरस्कारका लागि सानु शर्माको ‘एकादेशमा’, बिन्दु शर्माको ‘ओक्कल दोक्कल पीपल पात’, कुमार नगरकोटीको ‘ज्ञ’, छुदेन काबिमोको ‘फातसुङ’, महेश थापाको ‘मरीचिका’, योगेश राजको ‘रणहार’ र ध्रुव सापकोटाको ‘विचारको लाश’ सिफारिस गरिएको थियो ।

त्यस्तै मदन पुरस्कार गुठीले यस वर्षको जगदम्बाश्री पुरस्कार साहित्यकार बैरागी काइँलालाई दिने निर्णय पनि गरेको छ ।

दुबै पुरस्कारको राशी २ लाख रुपैयाँ रहेको छ ।