अष्ट्रेलियाली क्रिकेटर स्टिभ स्मिथ जारी इग्ल्याण्ड र अष्ट्रेलियाको लर्ड्स टेस्टबाट बाहिरिएका छन् । जोफ्रा आर्चरको बल लागेर घाइते भएका स्टििभले बाँकी टेष्ट पनि गुमाउन सक्ने भएका छन् ।


ADVERTISEMENT


हिजो गरिएको टेस्टहरुमा स्मिथ ठिक देखिए पनि आइतबार बिहान उठ्दा उनलाई रिंगटा लागेपछि आज फिल्डिंग गर्न उत्रिएका थिएनन्। क्रिकेट अस्ट्रेलियाका अनुसार हिजो सबै टेस्टहरु पास गरे पनि आज उठ्दा उनको टाउको दुखेको थियो भने रिंगटा लागेको महसुस भएको थियो।


ADVERTISEMENT

# # #


टेष्टको चौथो दिन दोस्रो सेसनमा ब्याट्सम्यान स्टिभ स्मिथ अष्ट्रेलियाको पारी सम्हालिरहेका थिए ।

अष्ट्रेलियाले ६ विकेट गुमाएर १८९ रन बनाएको थियो, पारीको ७७ औं ओभर लिएर इंग्ल्याण्डका तीव्र गतिका बलर जोफ्रा आर्चर आए । पहिलो बल नै स्मिथलाई लागेको थियो तर गम्भीर चोट लाग्नबाट बचे । दोस्रो बलमा स्मिथ घाइते भए ।

आर्चारको १४८ मिलोमिटर प्रतिघन्टाको गतिमा आएको बल उनको कानको फेदमा लाग्यो ।

उनी मैदानमा नै ढल्न पुगेका थिए । लगतै मेडिकल टिमले उनलाई मैदान बाहिर लग्यो । मैदान छाड्दा स्मिथ ८० रनमा खेलिरहेका थिए ।

क्रिकेट समर्थहरु आत्तिरहेका थिए तर जब अष्ट्रेलियाले सातौं विकेट गुमायो, स्मिथ फेरि खेल्न आए । यति गम्भीर चोट लागेर पनि स्मिथ यति छिट्टै ब्याटिङमा आउनु धेरैको लागि आश्चर्यको विषय थियो । उनी थप १२ रन बनाएर आउट भए ।