विराटनगर– शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले उच्च विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन तयार पारिएको सङ्घीय शिक्षा नीति अन्तिम चरणमा पुगेको बताएका छन् ।


ADVERTISEMENT


प्रदेश नं १ सामाजिक विकास मन्त्रालयद्वारा आज यहाँ आयोजित विद्यालय शिक्षाको शैक्षिक गुणस्तर सुधार अभियान शुभारम्भ गर्दै उनले अभिभावक, शिक्षाविद्सँगको लामो छलफलपश्चात् उक्त नीति निर्माण गर्न लागिएको बताएका हुन् ।


ADVERTISEMENT

# # #


मन्त्री पोखरेलले आज बस्ने मन्त्रिपरिषद्को बैठकले शिक्षकको दरबन्दीबारे निर्णय गरिने जानकारी दिँदै पालिका तहमा दरबन्दी पुनः वितरणमा नयाँ प्रक्रिया शुरु गरिने बताए । उनले नेपाल शिक्षक आयोगको परीक्षा उत्तीर्ण शिक्षकबाट गुणस्तरीय शिक्षा प्रदान गर्न सकिने धारणा व्यक्त गर्दै स्थानीय पालिका तहमा नपुग विषयगत शिक्षक स्थानीय स्तरबाटै दरबन्दी पूर्ति गरिने जानकारी दिए । मन्त्री पोखरेलले सामुदायिक विद्यालय स्वायत्त संस्था भएकाले नजिताका आधारमा अनुदानको व्यवस्था भए स्तरीय पठनपाठन हुने विचार व्यक्त गरे ।

मन्त्रालयका सचिव हरिप्रसाद दाहालले प्रदेशमा गुणात्मक एवम् जीवनोपयोगी शिक्षाका लागि कार्य भइरहेको जानकारी दिए । सो अवसरमा प्रदेशअन्तर्गत १४ जिल्लाका सामुदायिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र व्यवस्थापन समितिका सदस्यहरुले आ–आफ्नो विद्यालयबाट गरिएका कार्यबारे जानकारी गराएका थिए ।