काठमाडौँ – काठमाडौंको नयाँ बसपार्कस्थित एक गेस्ट हाउसमा एक जोडी युवायुवती मृत अवस्थामा भेटिएका छन् । मोरङ पर्वत गेस्ट हाउसको कोठा नम्बर १११ मा चितवनका ३७ वर्षीय यमबहादुर मगर र मकवानपुरकी ३० वर्षीया सबिता भनिने सबिना बजगाईं मृत भेटिएका हुन् ।


ADVERTISEMENT


मंगलबार राति सो गेस्टहाउसमा बसेका उनीहरू बुधबार अबेरसम्म बाहिर ननिस्केपछि होटल सञ्चालकले प्रहरीलाई खबर गरेका थिए। प्रहरी पुग्दा उनीहरू अलग अलग स्थानमा मृत फेला परेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ।


ADVERTISEMENT

# # #


प्रहरीका अनुसार युवा खाटमाथि र युवती खाटमुनी नग्न अवस्थामा मृत फेला परेका हुन् । ‘युवती खाटमुनि र युवा खाटमाथि मृत भेटिएका छन् । के कारणले मृत्यु भएकोबारे अनुसन्धान थालिएको छ,’ प्रहरी उपरीक्षक अशोक सिंहले भने ।

कोठामा मदिराका बोतलहरु पनि बरामद भएका छन् । दुबैको शव पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ।