काठमाडौँ – प्रधानमन्त्री केपी शर्माओली उपचारका लागि सिंगापुर प्रस्थान गरेका छन् । यसअघि गत साउन १८ गते गएर २७ गते फर्किएका उनी ‘फलोअप’ का सिंगापुर उडेका हुन् ।


ADVERTISEMENT


प्रधानमन्त्रीका साथमा उनकी धर्मपत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् । परीक्षणका क्रममा प्रधानमन्त्री ओलीको मृगौलासम्बन्धि ‘एण्टीवडी’को मात्रा बढि देखिएको र ‘एण्टीवडी’लाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन प्रधानमन्त्री ओली त्यसतर्फ गएको प्रधानमन्त्रीकी निजी चित्किसक डा. दिव्या सिंहले बताएकी छन् ।


ADVERTISEMENT

# # #


प्रेस नोट जारी गर्दै उनले प्रधानमन्त्री ओलीको यसअघि नै परीक्षण गरिएको सिंगापुरको नेसनल युनिभर्सिटी अस्पताल (एनयएच)मा मृगौलाको थप परीक्षण र क्षमता अभिवृद्धिको उपचार गरिने बताएकी छन् ।

ओलीलाई अस्पतालले यसअघि नै केही समय बसेर औषधिको प्रभाव हेर्न आग्रह गरेको थियो। तर ओलीले फेरि आउने भन्दै आफूलाई नेपाल फर्किन दिन आग्रह गरेपछि अस्पताल सहमत भएको थियो । त्यही ‘फलो अप’का लागि उनी सिंगापुर गएका हुन् ।

प्रधानमन्त्री ओली उपचार सकेर भदौ २० गते स्वदेश फर्किने कायक्रम तय भएको बताइएको छ । प्रधानमन्त्री ओली मिर्गौलाको विरामी हुन् । उनले १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गराएका थिए ।