काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा भरतपुर महानगरपालिकाले मुख खालेको छ । महानगरपालिकाले एक विज्ञप्ती जारी गर्दै पुडासैनी प्रकरणमा राज्यका उच्च पदस्थ नेतृत्व र भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहाललाई जोडेर भ्रामक प्रचार गरेको भन्दै आपत्ति जनाएको छ ।


ADVERTISEMENT


महानगरपालिकाकी मेयर रेनु दाहालद्वारा जारी विज्ञप्तीमा सामाजिक सञ्जालको दुरुपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रषण गर्ने, अपशब्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तित स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको उल्लेख गरिएको छ ।


ADVERTISEMENT

# # #


‘कुनै पनि व्यक्तिको अस्वभावित मृत्यु दखद हो। मृत्युको निष्पक्ष छानबिन गर्नु राज्य र सरकारको दायित्व हो।’ विज्ञप्तिमा अगाडि भनिएको छ, ‘यसको निष्पक्ष छानबिन गरी दोषी नछुटुन् र निर्दोष नपरुन भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि महानगरपालिका सम्बन्धित पक्षसँग आग्रह गर्दछ।’

महानगरपालिकाले घटनाको निष्पक्ष छानबिन गरी शीघ्र न्यायिक निरुपण गर्न पनि सबै पक्षसँग अनुरोध गरेको छ।

माउन्टेन टेलिभिजनका पत्रकार पुडासैनी यही साउन २० गते चितवनको नारायणगढस्थित होटल कङ्गारुको कोठाभित्र झुण्डिएको अवस्थामा मृत भेटिएका थिए । घटना हुनुअघि उनले पत्रकार रवी लामिछाने, उनका सहकर्मी युवराज कँडेल र अस्मिता कार्कीको नाम लिएर आफूलाई यो अवस्थामा पुर्‍याउन बाध्य बनाएको भन्दै रेकर्ड गरिएको भिडियो फेला परेको थियो ।

त्यही भिडियोलाई आधार मानेर लामिछानलेसहित तीनै जना अघिल्लो विहीबारदेखि प्रहरी हिरासतमा रहेका छन् ।