बर्दिया – भरुवा बन्दुकसहित बर्दियाको बाँसगढी नगरपालिका–९ हजारी टोलबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गणेश राना मगरलाई सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको हो ।


ADVERTISEMENT


मगरको घरमा चित्तलको मासु छ भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय मोतीपुर र अस्थाई प्रहरी पोष्ट लक्ष्मणाबाट खटिएको प्रहरीले खोजी गर्ने क्रममा उक्त भरुवा बन्दुक सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।


ADVERTISEMENT

# # #


यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।