काठमाडौं – सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भइरहेको छ । पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा सचिवालय बैठक बसिरहेको हो ।


ADVERTISEMENT


बैठकमा प्रवास कमिटी, छ महानगरको अध्यक्ष र सचिव तथा बाँकी केन्द्रीय सदस्यहरूको कार्यविभाजनबारे छलफल भइरहेको बताइएको छ ।


ADVERTISEMENT

# # #


अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि सिंगापुरमा छन् । उनी सिंगापुर जानु अघि नै सचिवालय बैठक बोलाउने अधिकार प्रचण्डलाई दिइएको थियो । ओली र प्रचण्डले यसअघिका बैठकहरू सहअध्यक्षतामा सञ्चालन गर्दै आएका थिए ।