काठमाडौँ – पत्रकार शालिकराम पुडासैनीको आत्महत्या दुरुत्साहन अभियोगमा न्यायिक हिरासमा रहेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछाने र पत्रकार युराज कँडेलको बयान लिने काम सकिएको छ ।


ADVERTISEMENT


जिल्ला सरकारी वकिल कार्यालयले लामिछानेसहित ‘सिधा कुरा जनतासँग’ कार्यक्रमका युवराज कँडेल र अस्मिता कार्की (रूकु) लाई दुरूत्साहनको अभियोगमा आइतबार जिल्ला अदालत चितवनमा मुद्दा दायर गरेको थियो। अस्मिता कार्कीको बयान आइतबार नै सकिएको थियो ।


ADVERTISEMENT

# # #


रवि र युवराजको बयान सकिएसंगै थनछेक बहस सुरु भएको छ । थुनछेक बहस सकिएपछि उनीहरुलाई थुनामै राख्ने कि धरौटी वा साधारण तारेखमा छाड्ने भन्ने निर्णय हुनेछ ।

रविको रिहाई गर्नुपर्ने माग गर्दै गरिएको प्रदर्शन उग्रबन्दै गएपछि जिल्ला प्रशासन कार्यालय चितवनले निषधाज्ञा जारी गरेको छ ।

जिप्रका चितवनले आइतबार एक सूचना जारी गर्दै चितवनका विभिन्न ठाउँमा अनिश्चित कालका लागि निषेधाज्ञा जारी गरेको हो । हुलदंगा वा अशान्ति गर्ने उद्देश्यले ५ जनाभन्दा बढी एकै ठाउँमा भेला हुन नपाइने पनि भनिएको छ ।

आइतबार थुनछेक बहस हुने अनुमानमा चितवन आएका सयौं समर्थकसँग प्रहरीको घम्साघम्सी पनि परेको थियो । स्थितिलाई नियन्त्रणमा लिन प्रहरले अश्रुग्यास नै प्रहार गर्नुपरेको थियो ।