– प्रदीप गिरी


ADVERTISEMENT


पछिल्लो बैठकमा माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले नेपाल भारत संयुक्त आयोगको बैठकका सिलसिलामा के कस्ता कुरा भए र के कस्ता उपलब्धी भए भन्ने विषयमा हामीलाई जानकारी दिनुभयो । त्यो जानकारीबाट मोहित भएर निस्केपछि साँझपख मैँले त्यसै आयोगको बैठकका सिलसिलामा नेपाल सरकारले र परराष्ट्र मन्त्रालयले प्रेषित गरेको प्रेस विज्ञप्ती पनि पढ्न पाएँ ।


ADVERTISEMENT

# # #


ती दुईवटाको अध्ययन गर्दा म के निष्कर्षमा पुगेँ भने एक त माननीय मन्त्रीजीलाई सम्झना होला, कालापानी, लिपुलेक, सुस्ता इत्यादीका बारेमा कुरा उठायौँ भन्नु भएको छ । सन् १९५० को सन्धि पुनरावलोक गर्नका लागि दुबै देशका सचिवस्तरीय संयन्त्र पनि बनायौँ भन्नुभएको छ ।

संयोगवश वा नियतवश परराष्ट्र मन्त्रालयले छापेको वक्तव्यमा त्यो छैन । अब म ज्यादा त्यसमा टिप्पणी गर्न सक्दिनँ अहिले । समय थोरै छ । राप्रपाका एकमात्र सदस्य, अत्यन्त तेजश्वी सदस्य(राजेन्द्र लिंग्देन)ले हठात् बीचमा केही दिन अघि संसदको परराष्ट्र समितिको बैठकमा मैँले बोलेका कुरामा गम्भीर प्रश्न राख्नु भएको छ । (गिरिले उक्त बैठकमा भारतले सक्नेभए नेपाललाई सिक्किम वा भुटानीकरण गर्ने बताएका थिए ।) मैँले सिद्ध गर्नुपर्छ यो सदनमा कि यस पटकको त्यो संयुक्त आयोगको बैठक निरर्थक भएको छ । देश बद्लिसकेको छ, सरकार बदुलिसकेको छ । यहाँ दुई तिहाईको सरकार आएको छ । हिन्दुस्थानमा दुई तिहाई भनेर मात्रै पुग्दैन, धेरै विशेषण थप्नु परेको छ । हामीले दुई वर्षको तोतेबोलीले बल्ल भाषा सिक्दाखेरि उही शब्द बारम्बार सिक्नेक्रममा दोहोर्याउँछ । बाबु के भनेको रे ? ‘हात्ति’ ‘हात्ति’ भनेजस्तै लिपुलेख, सुस्ता, कालापानी, १९५० को सन्धिको पुनरावलोकन ।

पुनरावलोकन गर्न कसले रोकेको छ ? फेरि आयो कुरा । ठीक यस्तै बहसका शिलशिलामा म बाध्य भएर परराष्ट्र समितिको बैठकमा अस्तिका दिनमा कुटनीतिका सिद्धान्त त्यो पनि कुनै ज्ञानका आधारमा होइन, विषयगत कितावमा पढेको आधारमा । बी ए वा एम ए मा तपाईहरुले परराष्ट्र नीतिका बारेमा किताब पढ्नु भयो भने हान्स मार्गेन्थाउले लेखेको ‘पोलिटिक्स एमोङ नेसन्स’ पाइन्छ । परीक्षामा पाठ गर्नेक्रममा पढ्नुभयो भने पनि त्यसले एक दुई तीन गरी क्रमशः पाँच कुटनीतिक सिद्धान्तका बारेमा बताउँछ ।

सम्बन्धित समाचार
भारतले नेपाललाई सके सिक्किम बनाउँछ : प्रदीप गिरी

कुनैपछि राज्यले आफ्ना कानुनी अधिकारलाई वास्तविक शक्ति सम्झिनु हुँदैन । दोहोर्याएर सुन्नुहोला, कुनैपछि राज्यले आफ्ना कानुनी अधिकारलाई वास्तविक शक्ति सम्झिनु हुँदैन । दोस्रो भाषण गर्दा, कालापानी दोहोर्याउँदा चुनावमा बडो ठीक हुन्छ । तर, कालापानी लिनु परेको छ भने कुटनीतिक अभ्यास गर्नुपर्‍या छ । १९५० को सन्धि सच्याउनु परेको छ भने, फेर्नु परेको छ भने बोलेर हुँदैन । बालककालदेखि नाराहरु सुनिरहेको छु । त्यही नाराका सिलसिलालाई कोट्याउँदै मैँले प्रश्न गरेको थिएँ । कसैको ठूलो इरादा होला । भारत, चीन वा अमेरिकाको होला । आज विश्व एउटा गाउँ भइसकेको छ । ग्लोबल भिलेज भन्छौँ हामी । कसैले यस्तो कुरा इरादा राख्यो भने के गर्ने ? यदि मलाई संसदमा समय १५ मिनेट दिइयो भने आफुले भनेको कुरामा तर्क यहाँ पेश गर्न सक्छु । मेरो प्रश्न थियो, विश्लेषण थिएन । जुन प्रकारले तपाई यो सरकार चलाउँदै हुनुहुन्छ, कुटनीतिको जुन गलत समझदारी छ, यस्तै कुटनीतिलाई नबुझिकन तपाईले राजनीति र प्रचारसंग मिसाउनु भयो भने नेपालको भाग्य पशुपतिनाथको हातमा छ ।

तर, युवा पिढीँका प्रखर सांसद आए भने नेपालको भाग्यलाई आफ्नो हातमा लेलान् । तर, कुटनीतिक युद्ध गर्नुपर्ने हो । बलभद्र कुँवर र अमरसिंह थापाले बन्दुक बोकेजस्तो समय छैन । अर्को कुरा आज कुटनीति क्षेत्रमा डिजिटल परिवर्तन आएको छ । अभूतपूर्वक क्रान्ति भएको छ । त्यसको प्रयोग हामीले गर्न जानेका छौँ ? आजको सबैभन्दा ठूलो माग छ, कनेक्टीभिटी । के हामीले त्यो बुझेका छौँ ? लफाजी गरेर हुन्छ ?

(नेपाली कांग्रेसका सांसद गिरीले सोमबार प्रतिनिधिसभा बैठकको विशेष समयमा राखेको धारणा)