काठमाडौँ – कान्तिपुर राष्ट्रिय दैनिकका प्रधानसम्पादक नारायण वाग्लेले राजीनामा दिएका छन् । व्यक्तिगत कारण देखाउँदै उनले सोमबार राजीनामा दिएका हुन् । वाग्लेको राजीनामासंगै प्रधानसम्पादकमा पुनः सुधीर शर्मा आएका छन् ।


ADVERTISEMENT


कान्तिपुर मिडिया ग्रुपको सोमबार बसेको सञ्चालक समितिले शर्मालाई प्रधानसम्पादकमा नियुक्त गरेको हो ।शर्मालाई एक वर्षअघि वाग्लेले नै विस्थापित गरेका थिए ।


ADVERTISEMENT

# # #


कान्तिपुरबाट विदा लिएको जानकारी दिँदै वाग्लेले भनेका छन्, ‘पत्रकारिता र सिर्जनशील लेखनमा स्वतन्त्र ढंगले समर्पित हुनु आफ्ना लागि बढी श्रेयकर हुने लागेर मैँले पेशागत जीवनको महत्वपूर्ण निर्णय गरेको छु, कान्तिपुर दैनिकबाट राजीनामा ।’

यसअघि पनि वाग्ले कान्तिपुरको स्थापनादेखि लगातार १७ वर्ष प्रधानसम्पादक भएका थिए ।