काठमाडौँ – नेपाल एयरलाइन्सले काठमाडौंबाट जापानको ओसाका सिधा उडान पुनः सुरू गरेको छ। एक वर्षअघि खरिद गरिएको एयरबसको ए३३० वाइड बडी जहजबाट उक्त उडान गरेको हो। निगमले १२ वर्षपछि जापान उडान सुरु गरेको हो ।


ADVERTISEMENT


निगमको वाइडबडी जहाज बिहीबार (आज) त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट राती साढे २ बजे एक सय ३४ जना यात्रु बोकेर जापानको ओसाकास्थित कान्साई अन्तर्राष्ट्रिय विमानस्थलमा प्रस्थान गरेको हो ।


ADVERTISEMENT

# # #


निगमको काउन्टरमा टिकट काटेका ८० यात्रु र बुकिङ गरेका पाँच जनासहित ८५ जना यात्रुबाहेक राज्यमन्त्री धनबहादुर बुढासहितका सांसद, निगमका कर्मचारी, मन्त्रालयका कर्मचारी, पर्यटन व्यवसायी गरी ४९ जना सहित १ सय ३४ जना निगमको वाइडबडी जहाजमा जापान प्रस्थान गरेका छन् ।

काठमाडौंबाट विमान सिधै जापान उडेको हो । राती साढे १२ बजे विमानस्थलमा उद्घाटन कार्यक्रमसहित साढे ६ घन्टाको उडान सुरु गरिएको हो ।

पहिलो पटक जापानमा निगमले सिधा उडान गरेको अवसरमा काठमाडौंबाट जाने र जापानबाट आउने हवाइ यात्रुमध्ये १–१ जनालाई लक्की ड्र मार्फत एक वर्षभित्र प्रयोग गर्न सकिने गरी दुईतर्फी टिकट दिइने निगमका सहप्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।