काठमाडौं – नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय सदस्य भगवती चौधरीले आफूलाई जिल्लामा खुम्च्याइएको भन्दै असन्तुष्टि जनाएकी छन् ।


ADVERTISEMENT


नेकपाको केन्द्रीय समितिको बैठकले चौधरीलाई सुनसरी जिल्लाको सह–इन्चार्जको जिम्मेवारी दिएको थियो । तर, नेतृ चौधरीले आफूले पार्टीमा विगतदेखि गरेको त्याग र योगदानको कदर गर्दै पार्टीको केन्द्रीय तहको जिम्मेवारी दिनुपर्नेमा जिल्लामा खुम्च्याएर आफूलाई न्याय गर्न नसकेको बताएकी हुन् । यद्दपी पार्टीले दिएको जिम्मेवारी इमान्दार पूर्वक निर्वाह गर्न आफू तयार भएको उनको भनाई छ ।


ADVERTISEMENT

# # #


‘पार्टी प्रति पुरै असन्तुष्टि त हैन, तर नेतृत्वले मलाई न्याय गर्न सकेन कि भन्ने भान भयो ।’ चौधरी भन्छिन्–‘अढाई दशक देखि निष्ठाको राजनीति गर्दैछु, पार्टीले उचित मुल्यांकन गरेनकि जस्तो लाग्यो ।’ चौधरीलाई दिइएको जिम्मेवारीप्रति कतिपय केन्द्रीय तथा स्थानीय नेता कार्यकर्ताहरुसमेत असन्तुष्ट रहेका छन् । ‘भगवती जी, केन्द्रमा काम गर्न सक्ने क्षमता भएको हुनुहुन्थ्यो, के कारणले उहाँलाई लगिएन थाहा भएन । अहिले हामीलाई पार्टीले क्षमता र योग्यता हैन नाता र निकटता हेरेर निर्णय गर्दोरहेछ भन्ने भान भएको छ ।’ एक जिल्ला नेता भन्छन् ।

यस्तै स्वयम् प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले समेत चौधरीलाई केन्द्रीय केन्द्रीय तहमा आउनुपर्छ भन्दै आश्वासन दिएका थिए । सुनसरी क्षेत्र नं. ३ बाट प्रतिनिधित्व गर्ने भगवती चौधरी सांसद हुँदै राज्यमन्त्रीसम्म बन्न सफल भएकी छन् । उनी जति केन्द्रमा लोकप्रिय छिन्, त्यो भन्दा धेरै स्थानीय स्तरमा क्रियाशील छिन् । नेपाली कांग्रेसका नेता विजय गच्छदारसंग पटकपटक निर्वाचन लडेकी उनलाई सुनसरीकी विकासवादी नेतृ भनेर चिनिन्छ ।

पूर्वी तराईका क्षेत्रमा उनले महिलाको आर्थिक शसक्तिकरणका लागि विभिन्न समयमा अभियान चलाउँदै आएकी छन् । फरवार्ड कम्युनिटी माईक्रोफाइनान्स वित्तिय संस्था, फरवार्ड नेपाल मार्फत देशभरका अढाई लाख महिलालाई स्वरोजगार सिर्जना गर्न उनले महत्वपूर्ण भूमिका खेल्दै आएकी छन् ।