काठमाडौं – भारतमा जारी साफ यू–१५ च्याम्पियनसिप फुटबलमा नेपाल फाइनल पुगेको छ । बिहीबार भएको खेलमा भुटानलाई ६–० ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो ।


ADVERTISEMENT


भारतको कल्याणी रंगशालामा भुटानविरुद्ध उत्कृष्ट प्रदर्शन गरेको नेपालले पहिलो हाफमा दुई गोल र दोस्रो हाफमा थप चार गोल गरेको हो ।


ADVERTISEMENT

# # #


राउन रोविनको आधारमा जारी प्रतियोगिताको शीर्ष दुई टिम फाइनलमा प्रवेश गर्ने छन् । नेपाल अन्तिम खेलमा जित हात पारेसँगै फाइनलमा पुगेको छ । फाइनल प्रवेशका लागि बिहीबार नै भारत र बंगलादेशबीच खेल हुदैछ ।

नेपालले चार खेलबाट ९ अंक बनाएको छ । भारतको पनि ९ अंक नै रहेको छ । यता, बंगलादेशको भने ६ अंक छ । जारी प्रतियोगिताबाट श्रीलंका र भुटान भने बाहिरिसकेका छन् ।