काठमाडौँ– नेपाली कांग्रेसका सांसद गगन थापाले सडक विभाग अगाडि धर्ना दिएका छन् । काठमाडौं क्षेत्र नं ४ बाट प्रतिनिधित्व गर्ने प्रदेश ३ का सांसद र स्थानीयसहित थापाले ललितपुर स्थित सडक विभागमा धर्ना दिएका हुन्।


ADVERTISEMENT


सांसद थापा काठमाडौँ क्षेत्र नं ४ का सर्वसाधारणसहित सडक विभागअगाडि धर्ना दिन पुगेका हुन् ।  उनले धेरै स्थानीयहरुको राय विरोधचाबहिलमा गर्ने र बाटो समेत गर्ने भएपनि तर सर्वसाधारणको आवतजावतमा असर पर्नेभएपछि त्यो गर्न नचाहेर सडक विभागअघि विरोध गरेको बताए । अड्डा धाउँदाधाउँदा नभएपछि सडकमा आएर संघर्ष गर्नुको विकल्प नभएको उनले बताए ।


ADVERTISEMENT

# # #


निर्वाचन क्षेत्र नं ४ मा पर्ने चाबहिल, कपन, बुढानीलकण्ठ लगायतका सडक निर्माण सम्झौता अवधि नाघेको एक वषपुग्दा पनि नबनेको भन्दै त्यहाँका स्थानीय लामोसमयदेखि आन्दोलनरत छन् । ‘यी सबै सडकको निमार्ण सम्पन्न गर्ने म्याद गएको वर्ष जेठमै सकिसकेको हो ।’ गगनले भने, ‘निर्माण कम्पनीलाई जनप्रतिनिधिका हिसाबले, स्थानीयका हिसाबले हामीले एकदमै सहज वातावरण उपलब्ध गरायौँ । तर, निर्माण अवधिमा काम जम्मा १० प्रतिशत मात्रै भयो ।’

चाबहिलको सडक बनाउनका लागि नयाँ ठेक्का आह्वान गरिएको भन्दै उनले आपत्ति जनाए । ‘त्यो ठेक्काको लागि दिइएको म्यादै १५ महिनाको छ । त्यो १५ महिनालाई स्वीकृत गर्न अर्को ४ महिना लाग्छ । अर्थात अबको दुई वर्ष चाबहिलको बाटो अहिलेको जस्ताको त्यस्तै हुन्छ ।’

गौशाला चाबहिलको बाटो अर्को दुई वर्ष खनेर राख्यो भने त्यहाँका स्थानीयको मात्रै नभई काठमाडौँवासीकै बेहाल हुने उनले बताए । थापाले नगरकोट, त्रिपुरेश्वर लगायतका ठाउँका सडक अस्तव्यस्त पार्ने सैलुङ कन्सट्रक्नसलाई आफ्नो निर्वाचन क्षेत्रमा फेरी खानेपानीको काम दिइएकोमा आपत्ती समेत जनाए।