काठमाडौँ –प्रधानमन्त्री केपी शर्मा ओली र मन्त्रीहरुबीच दोस्रो पटक भिडियो कन्फेरेन्समार्फत छलफल गरेको भएको छ ।


ADVERTISEMENT


उपचारका लागि सिंगापुरमा रहेका प्रधानमन्त्री ओली र मन्त्रीहरुबीच दोस्रो पटक भिडियोमार्फत बैठक भएको प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमालले जानकारी दिएका छन् । छलफलमा सरकारका काम कारबाही र प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था बारे छलफल भएको उनले बताए ।


ADVERTISEMENT

# # #


यसअघि ९ भदौमा पनि भिडियो कन्फेरेन्समार्फत नै छलफल भएको थियो । जसलाई प्रधानमन्त्रीले मन्त्रीपरिषद् बैठक भनेपछि संसदमा समेत गोपनियताको संवेदनशीलतालाई लिएर आलोचना भएको थियो । आलोचनापछि संसदमा जवाफ दिँदै सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले मन्त्रीपरिषद् बैठक नभएको बताएका थिए । उनले प्रधानमन्त्री र मन्त्रीहरुबीच ‘हाइ हेलो’ भएको बताएका थिए ।