काठमाडौं । सिंगापुरमा उपचाररत प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न नेकपाका उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर जाने भएका छन् । मंगलवार जाने कार्यक्रम रद्द गरेर बसेका गौतम प्रधामन्त्रीकै इच्छा अनुसार आज अपराह्न त्यसतर्फ जान लागेका हुन् ।


ADVERTISEMENT


यसअघि गौतम र महासचिव विष्णु पौडेल सँगै जाने कार्यक्रम थियो । गौतमले अन्तिममा आएर भीडभाड गर्न किन जाने भनेर रद्द गरेका थिए । तर, पौडेल पुगेपछि प्रधामन्त्रीलेनै गौतमको खोजी गरेको र फोन गरेरै आइदिए हुन्थ्यो भन्ने चाहेपछि रातारात टिकट मिलाएर जान लागिएको स्रोतले जनाएको छ ।


ADVERTISEMENT

# # #


गौतम अपराह्न १ बजे सिल्क एयरबाट सिंगापुर जान लागेको उनीनिकट प्रत्रकार विश्वमणि सुवेदीले बताए ।