काठमाडौं–नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिस्टम्स (नेप्स) ले केही बैंकका एटीएम मेसिनबाट अनाधिकृत रुपमा रकम निकालिएको सन्दर्भमा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।


ADVERTISEMENT


नेप्सले एक विज्ञप्तिमार्फत कम्पनीका सदस्य बैंकहरु, सूचना प्रविधि सुरक्षा विशेषज्ञ, नियमकारी निकाय अनुसन्धानमा सक्रिय रहेको भन्दै हाल केही समयका लागि कम्पनीमा आवद्ध बैंक तथा वित्तीय संस्थाहरुको कार्ड सोही बैंकको एटीएम/पीओएस मेसिनमा मात्र चल्ने व्यवस्था मिलाइएकाे जनाएको छ।

नेप्सले ग्राहकको खातामा रहेको रकममा कुनै असर नभएको र निक्षेपकर्ताका रकम बैंकमा सुरक्षित रहेको पनि जनाएको छ ।


ADVERTISEMENT

# # #


नेप्सले १८ वटा बैंक तथा वित्तीय संस्थाहरुलाई कार्डसम्बन्धी होस्टिङ र स्विचिङको सेवा प्रदान गर्दै आइरहेको छ ।

गत भदौ १४ गते चिनियाँ ह्याकरको एक समूहले एटीएमबाट रकम निकालेको थियो । सो कार्यमा संलग्न ३ नेपालीसहित ९ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ।