सिन्धुली । एसएसपी सन्दिप भण्डारी जिम्मेवारीमा त अब्बल छन् नै जनताको सेवाका लागि समेत कुनै कसुर बाँकी राख्दैनन् । त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलमा उत्कृष्ट प्रदर्शन गरेर प्रहरी प्रधान कार्यालय हुँदै ३ नं. प्रदेश प्रहरी तालिम केन्द्र दुधौली, सिन्धुलीमा हाजिर हुन जाँदै गर्दा देखि नै एसएसपी भण्डारीले जनताको वाहावाही कमाउन थालिसकेका छन् ।


ADVERTISEMENT


रुपक मगर नामका सर्बसाधारणको हराएका महत्वपुर्ण कागजात र नगद १४,५०० सहितको पर्स एसएसपी भण्डारीको टोलीले फेला पारी सम्बन्धितलाई हस्तान्तरण गरेको छ । मगरले त्यसका लागि एसएसपी भण्डारीलाई आभार व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #