काठमाडौँ – कृषिमन्त्री चक्रपाणी खनाललाई डेंगु संक्रमण भेटिएको छ । ३ दिनदेखि ज्वरो आएपछि हिजो अस्पताल भर्ना भएका उनमा डेंगुको संक्रमण भएको पाइएको हो ।


ADVERTISEMENT


मन्त्री खनालका प्रेस संयोजक बोमलाल गिरीका अनुसार शुक्रराज ट्रपिकल तथा सरूवा रोग केन्द्र टेकुमा रगत जाँच गराउँदा डेँगुको लक्षण देखिएको थियो । मन्त्री खनालको अहिले ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ ।


ADVERTISEMENT

# # #


अहिले खनालको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको बताइएको छ । ५ महिनादेखि फैलिएको डेंगुको संक्रमण अहिले काठमाडौँ उपत्यका सँगै देशको विभिन्न सहरमा देखिएको छ । अहिलेसम्म ५ हजार भन्दा धेरै नागरिकमा डेंगु संक्रमण देखिएको छ ।