काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली दुई साता लामो स्वास्थ्य उपचारपछि शुक्रबार अपरान्ह स्वदेश फर्किएका छन् । प्लाज्मा फेरेसिस प्रक्रियाबाट शरीरको एण्टीबडीको उपचारपछि उनी स्वदेश फिर्ता भएका हुन् ।


ADVERTISEMENT


सातौं चरणको उपचार प्रक्रिया बुधबार सकिएपछि प्रधानमन्त्री एक दिन आराम गरेर शुक्रबार फर्किएका हुन् । प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर पुगेका नेकपा उपाध्यक्ष बामदेव गौतम र महासचिव विष्णु पौडेल पनि प्रधानमन्त्रीसंगै स्वदेश फर्किएका छन् ।


ADVERTISEMENT

# # #


स्वदेश फर्किएपछि प्रधानमन्त्री ओलीले सञ्चारकर्मीसंग भने केही बोलेनन् ।