काठमाडौं – टुंगिसकेको मुद्दा मिलाउन सेवाग्राहीबाट घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जना प्रहरी जवानलाई नियन्त्रणमा लिएको छ ।


ADVERTISEMENT


पक्राउ पर्ने जिल्ला प्रहरी कार्यालय पर्सामा कार्यरत प्रहरी जवान गमहीरा साह तेली रहेका छन् ।


ADVERTISEMENT

# # #


आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्रहरी जवान तेलीले कमसल आयुर्वेदिक औषधी दिएको मुद्दा टुंग्याउन सेवाग्राहीबाट पाँच हजार रुपियाँ घुस लिएका हुन् । उनले सेवाग्राहीबाट त्यसअघि पनि उक्त मुद्दा मिलाउने नाममा पटक पटक घुस वापत् रुपियाँ बुझेको आयोगले दाबी गरेको छ ।