काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद अमेरशकुमार सिंहले नेपाल प्रहरीको कडा आलोचना गरेका छन् ।


ADVERTISEMENT


आइतबार प्रतिनिधिसभामा गृहमन्त्री रामबहादुर थापालाई बाँके घटनाबारे प्रश्न सोध्दै उनले सत्तापक्षले शक्तिको दुरुपयोग गरेको बताए । उनले बाँकेको खजुरामा सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कार्यकर्ताले सभापति किरण कोइरालामाथि गरेको आक्रमण लोकतन्त्रमाथिको हमला भएको बताए


ADVERTISEMENT

# # #


‘यो लोकतन्त्रमाथिको हमला हो। सत्तापक्षले पार्टीको संरक्षण र सम्बर्द्धनका लागि राज्यको गृह प्रशासन दुरूपयोग गरिएको छ’ उनले भने । घटनास्थलको सुरक्षा दिन नसकेको भन्दै नेपाल प्रहरीको आलोचना गरे।

‘नेपाल प्रहरीको नाम नेकपा प्रहरी राख्दा अन्यथा नहोला,’ उनले भने, ‘माथिकै निर्देशनमा घटना घटेको देखिन्छ।’

गत बिहीबार नेपाली काङ्ग्रेसको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानअन्तर्गत बाँकेको सीतापुरस्थित रेडक्रसको सभाकक्षमा आयोजना गरिएको कार्यक्रममा सहभागी भएका सभापति किरण कोइराला लगायतका काङ्ग्रेस कार्यकर्तामाथि युवाहरुको समूहले मञ्चमै पुगेर आक्रमण गरेको थियो । आक्रमणबाट सभापति कोइरालाको बायाँ हात भाँच्चिएको छ ।